You are viewing the translated version of थुना सम्बन्धी व्यवस्था.

Section 30
थुना सम्बन्धी व्यवस्था
(१) इजलासबाट थुनछेकको आदेश गर्दा अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएमा प्रचलित कानून बमोजिम थुनामा राख्न सुरक्षा निकायको जिम्मा लगाई सम्बन्धित कारागारमा पठाउनु पर्नेछ।
(२) थुनछ्रेक आदेश गर्दा अभियुक्तसँग धरौट वा जमानत माग भएकोमा त्यस्तो धरौट वा जमानत दाखिला गर्न नसक्ने अभियुक्तलाई सोही बेहोराको कागज गराई थुनामा राख सम्बन्धित कारागारमा पठाउनु पर्नेछ।